काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। बिहीबार परराष्ट्र मन्त्रालयमा पुगेर आवासीय संयोजक याहियाले मन्त्री खनालसँग भेट गरेकी हुन्।
भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचको बहुपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।