आजको राशिफल: कुन राशिलाई धनलाभ, कसलाई धोकाको जोखिम?

आजको राशिफल: कुन राशिलाई धनलाभ, कसलाई धोकाको जोखिम?
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

    आजको दिन तपाईंको पक्षमा त्यति अनुकूल देखिँदैन। पाइरहेको सेवा-सुविधामा कटौती हुन सक्ने जोखिम छ। शिक्षा क्षेत्रमा गरिएको लगानीबाट आंशिक लाभ मिल्नेछ भने आफन्तबाटै धोका हुन सक्ने सम्भावना छ। यद्यपि लगानीका क्षेत्र सबल रहेकाले दैनिक व्यवहार र लेनदेनमा सचेत भएर अघि बढ्नुहोला।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    आजको दिन निकै राम्रो छ। गुम्न लागेको वा रोकिएको धन प्राप्त हुनेछ। स्वास्थ्यमा उल्लेख्य सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनुका साथै परिवारको पूर्ण साथ-सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने कार्यक्षेत्रमा अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ।

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    आज शुभ कार्यहरू सम्पन्न हुनेछन्। पारिवारिक मेलमिलाप र आत्मीयता बढ्नेछ। यात्राको योग छ, जसले मनमा खुसी ल्याउनेछ। यद्यपि खर्च बढ्ने सम्भावना रहेकाले व्यापार-व्यवसायमा विशेष सचेत रहनुपर्नेछ। समग्रमा मन शान्त र प्रसन्न रहनेछ।

  • कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):

    आजको दिन उत्साहजनक छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन् र सेवाको अवसर प्राप्त हुनेछ। वैदेशिक लगानी वा विदेशसँग सम्बन्धित कामबाट फाइदा हुनेछ। तर पारिवारिक मामलामा अन्धो विश्वास गर्दा धोका हुन सक्ने भएकाले सचेत रहनुहोला।

  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):

    आजको दिन सामान्य रहनेछ। बोलीको प्रभाव नकारात्मक पर्न सक्ने भएकाले बोल्दा विचार पुर्‍याउनुहोला, नत्र अप्ठेरोमा पर्न सकिन्छ। ऋणको भार बढ्न सक्छ भने राजनीतिक क्षेत्रमा विरोधीहरू सक्रिय हुन सक्छन्। धार्मिक कार्यमा सहभागी हुनुका साथै परिवारको सहयोग लिएर अघि बढेमा दिन सहज बन्नेछ।

  • कन्या (टो, पा, पी, पू, ष, ण, ठा, पे, पो):

    आजको दिन निकै शुभ छ। विशेष गरी कृषि तथा पशुपालन सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा पदोन्नति वा प्रतिष्ठा वृद्धि हुनेछ। परिवारको राम्रो सहयोग मिल्नेछ भने अरूको विवादबाट तपाईंलाई अप्रत्यक्ष फाइदा पुग्नेछ।

  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):

    तुला राशिका लागि आज धनलक्ष्मी योग परेकाले आर्थिक दृष्टिले दिन शुभ छ। आगामी दिनका लागि उत्तम योजनाहरू बन्नेछन्। समाजमा तपाईंको नाम र कामको चर्चा हुनेछ। घरबाहिरका मानिसहरूले तपाईंको प्रशंसा गर्नेछन् भने पुराना साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ।

  • वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):

    आजको दिन सहज र सकारात्मक रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ भने आफ्नै श्रम र मिहिनेतको उचित मूल्याङ्कन हुनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा घरमा परिवारको पूर्ण सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरिएको मिहिनेतको राम्रो फल मिल्नेछ।

  • धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे):

    दिन सामान्यतया राम्रै रहनेछ। मनमा केही अशान्ति वा द्विविधा भए पनि सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दै जानेछ। आजको दिन लामो यात्रामा ननिस्कनु नै श्रेयस्कर हुनेछ।

  • मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी):

    आज खर्च वृद्धि हुने दिन छ। ठूलो लगानीको सोचमा हुनुहुन्छ भने हिम्मत गरेर अघि बढ्ने समय आएको छ। विरोधीहरूलाई मनाउन नसक्दा केही विवाद बढ्न सक्छ। तर सामाजिक र आर्थिक क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटघाटले मन शान्त बनाउनेछ।

  • कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा):

    आजको दिन शुभ रहनेछ। सहयोगीहरूको साथ मिल्नाले रोकिएका काम बन्नेछन्। व्यापार र शिक्षा क्षेत्रमा गरिएको लगानीबाट राम्रो नाफा हुनेछ। यद्यपि राजनीतिक क्षेत्रमा धेरै सक्रिय नहुनुहोला, सामाजिक क्षेत्रमा मान-प्रतिष्ठामा आँच आउने खतरा रहेकाले सजग रहनुहोला।

  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):

    आजको दिन फलदायी छ। शिक्षामा गरिएको लगानीले उत्साह थप्नेछ। प्रतिस्पर्धी वा विपक्षी साथीहरूबाट पनि सहयोग मिल्नेछ। परिवारको पूर्ण साथ रहनेछ। बिहानै धार्मिक वा आध्यात्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा थप लाभ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

छुटाउनुभयो कि ?