उडिरहेको विमानमा २ पाइलटबीच कुटाकुट

उडिरहेको विमानमा २ पाइलटबीच कुटाकुट

काठमाडाैँ । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा दुई पाइलटबीच कुटाकुट भएपछि विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरिएको छ।

स्रोतहरूका अनुसार विमानमा भएको आन्तरिक घटनापछि उडान मार्ग परिवर्तन गरिएको हो। विमान अमेरिकी पूर्वी समयअनुसार राति करिब १ः२० बजे उत्तरपश्चिमी साउदी अरबको आकाशमा दुई मिनेटभन्दा केही बढी समयमै ३४ हजार फिटबाट करिब १६ हजार ६ सय फिटमा झरेको बताइएकोे छ ।

त्यसको केही समयपछि राति १ः३२ बजे विमानले आपत्कालीन संकेत प्रसारण गरेको थियो। इजरायली अधिकारीका अनुसार घटना विमान अपहरणसँग सम्बन्धित भने होइन। विमानभित्रै कर्मचारीबीच भएको आन्तरिक घटनाका कारण यस्तो अवस्था सिर्जना भएको उनीहरूले बताएका छन्।

घटनापछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले सुरक्षा अवस्थाबारे परामर्श गरेका छन्। आपत्कालीन संकेत प्राप्त भएपछि इजरायली लडाकु विमानसमेत परिचालन गरिएको इजरायली सेनाका प्रवक्ताले सीएनएनलाई बताएका छन्।

घटनाबारे फ्लाईदुबईको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।

छुटाउनुभयो कि ?