काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा संकलन भएको रकमबारे जानकारी गराउन संसदमा माग उठेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले राहत कोषमा जम्मा भएको रकम र खर्चको विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
‘कोषमा कति पैसा जम्मा भयो ? कति पैसा खर्च भयो ? कहाँ–कहाँ गयो ? स्थानीय तहमा कति गयो ? प्रदेशमा कति गयो ? विपत प्राधिकरणमा कति गयो त्यो कुरा अहिलेसम्म हामी कसैलाई थाहा छैन’, सांसद कँडेलले भने, ‘औपचारिक रूपमा त्यसका बारेमा यो सांसदमा प्रस्ट सम्पूर्ण खर्चको विवरणसहित आओस् भन्ने म चाहन्छु, धन्यवाद ।’