आज कुन राशिलाई छ धन लाभ र सफलताको योग? पढ्नुहोस् असोज १४ को राशिफल

आज कुन राशिलाई छ धन लाभ र सफलताको योग? पढ्नुहोस् असोज १४ को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन लाभदायक रहनेछ। रोकिएका कामहरू सहजै बन्नेछन् भने व्यापार-व्यवसायमा राम्रो फाइदा हुने योग छ। पठनपाठनमा रुचि बढ्नुका साथै मिहिनेत अनुसार श्रमको उचित मूल्यांकन हुनेछ। परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ र दाम्पत्य जीवन सुखद् रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलीको प्रभाव बढ्नाले अधुरा कामहरू पूरा हुनेछन्। आर्थिक लाभको योग छ। बौद्धिक व्यक्तित्वहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ। यद्यपि, खानपान र स्वास्थ्यमा भने केही गडबडी देखिन सक्ने भएकाले सचेत रहनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन शुभ रहनेछ। आँटेका र सोचेका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। धार्मिक तथा आध्यात्मिक व्यक्तित्वहरूसँगको भेटले मनमा शान्ति र सकारात्मक ऊर्जा मिल्नेछ। स्वास्थ्यमा क्रमिक सुधारका संकेत देखिनेछन्। परिवारमा धेरै बोल्नुभन्दा काममा ध्यान दिनु बढी लाभदायक हुनेछ।

कर्कट (ही, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा केही चिन्ता र अस्थिरता बढ्न सक्छ। सानातिना कुराले पनि मनलाई तरंगित बनाउन सक्ने भएकाले संयम अपनाउनुहोला। बोल्नुअघि राम्ररी सोचविचार गर्नु उपयुक्त हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुने सम्भावना छ। प्रेम सम्बन्ध भने सुमधुर र प्रगाढ रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिश्रमको पूर्ण फल मिल्ने दिन छ। व्यापार-व्यवसायमा राम्रो मुनाफा हुनेछ। शैक्षिक क्षेत्रमा सोचेजस्तै उत्कृष्ट नतिजा प्राप्त हुने देखिन्छ। हरेक काममा थप मिहिनेतको आवश्यकता परे पनि सफलता मिल्नेछ। पारिवारिक सम्बन्ध प्रगाढ र मधुर रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ। स्वास्थ्यले पूर्ण साथ दिनेछ भने साथीभाइको राम्रो सहयोग प्राप्त हुनेछ। व्यापारमा भने केही बढी श्रम खर्चिनुपर्नेछ। दाम्पत्य जीवनमा सामान्य मनमुटाव हुन सक्ने भएकाले थोरै बोलेर काममा ध्यान दिनु राम्रो हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कामहरू बन्ने र समाजमा मान-सम्मान प्राप्त हुने दिन छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सामीप्यता र मधुरता छाउनेछ। यद्यपि, राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्दा भने केही सचेत रहनुपर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन सामान्य रहनेछ। हरेक काममा बढी मिहिनेत र लगनशीलताको खाँचो पर्नेछ। अनावश्यक क्षेत्रमा धन खर्च हुन सक्ने र साना कुराले मन अशान्त हुन सक्ने भएकाले अभिभावकको सल्लाह लिएर मात्र अघि बढ्नुहोला। शिक्षा र स्वास्थ्य क्षेत्र अनुकूल रहनाले मनमा सन्तुष्टि मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, धा, फ, ढा, भे) दिन अनुकूल रहनेछ। स्वास्थ्य स्थितिमा सुधार आउनेछ। विपक्षी वा प्रतिस्पर्धीहरू बौद्धिक भएकाले व्यवहार गर्दा विशेष सतर्कता अपनाउनुहोला। साझेदारीमा मात्र लगानी गर्नु फलदायी हुनेछ। दिनको सुरुवात कुनै धार्मिक वा शुभ कार्यबाट गर्नु उत्तम हुनेछ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) दिन शुभ छ। सञ्चित धन खर्च भए पनि समाजमा इज्जत र प्रतिष्ठा बढ्नेछ। नोकरीमा हुनुहुन्छ भने पदोन्नतिको योग छ। गुरुजनको मार्गदर्शन र सहयोग प्राप्त हुनेछ। विपक्षीहरूसँग भने सचेत रहनुहोला। बोल्दा शब्द चयनमा ध्यान दिनु र सोचविचार गरेर मात्र अभिव्यक्ति दिनु उचित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) दिन सकारात्मक छ। धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुनेछ। आफन्त तथा प्रियजनसँगको भेटघाटले नयाँ कार्ययोजना बनाउन मद्दत पुग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। तर, अध्ययन-अध्यापनको क्षेत्रमा अल्छीपनले केही बाधा पुर्‍याउन सक्ने भएकाले सजग रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिन राम्रो रहे पनि खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा केही समस्या आउन सक्छ। परिवारका सदस्यहरूले दिएको सल्लाह र सुझावलाई अपनाएर अघि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा मधुरता र विश्वास कायम रहनेछ।

छुटाउनुभयो कि ?