मेष: दिन फलदायी र उत्साहजनक रहनेछ। परिवारका साथ तीर्थयात्रा वा धार्मिक भ्रमणको योजना बन्ने योग छ। व्यापार-व्यवसायमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। स्वास्थ्य सबल रहनाले मन प्रसन्न रहनेछ भने शिक्षा क्षेत्रमा गरिएको मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ।
वृष: आजको दिन शुभ फलदायी छ। अचानक धन लाभको योग छ भने पारिवारिक वातावरण मेलमिलापपूर्ण रहनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ। व्यापारमा गरिएको परिश्रमले सफलता दिलाउनेछ, तर स्वास्थ्यमा केही समस्या देखिन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुहोला।
मिथुन: स्वास्थ्यस्थिति अनुकूल हुनाले मनमा शान्ति मिल्नेछ। अध्ययन-अध्यापनमा गरेको मिहिनेतको राम्रो परिणाम मिल्नेछ। परिवारमा सद्भाव र मेलमिलाप कायम रहनेछ। तर, राजनीतिक वा सामाजिक क्षेत्रमा भने प्राप्त अवसर गुम्न सक्ने जोखिम रहेकाले सजग रहनुहोला।
कर्कट: कामको चाप बढ्नाले मानिसक थकान महसुस हुनेछ। सानातिना कुरामा पनि रिस उठ्न सक्ने भएकाले बोली र व्यवहारमा संयमता अपनाउनुहोला। शैक्षिक क्षेत्रमा केही ढिलासुस्ती हुनुका साथै राज्यपक्षबाट दबाब वा भय बढ्न सक्छ। यद्यपि, परिवारको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ।
सिंह: दिन समग्रमा अनुकूल छ। दाजुभाइसँगको सहकार्यमा सुरु गरिएको व्यापार-व्यवसायले फाइदा पुर्याउनेछ। बोली र व्यवहारमा सन्तुलन कायम राख्न आवश्यक छ। बिहानै दान-पुण्य गरेर दिनको सुरुवात गर्दा थप शुभ हुनेछ। प्रेम जीवन सुखद र मधुर रहनेछ।
कन्या: यात्रा गर्दा विशेष सावधानी र सतर्कता अपनाउनुपर्ने दिन छ। हरेक कार्यमा परिवारको पूर्ण सहयोग मिल्नेछ। राज्यका उच्च निकाय वा प्रशासनिक क्षेत्रबाट सेवा तथा अवसर प्राप्त हुनेछ। श्रम र मिहिनेतको सही मूल्याङ्कन हुने योग छ।
तुला: सकारात्मक र महत्त्वपूर्ण निर्णय लिने उपयुक्त समय छ। राम्रा कार्यका लागि अघि बढ्ने हिम्मत जुट्नेछ। सरकारी वा प्रशासनिक क्षेत्रबाट नयाँ जिम्मेवारी मिल्न सक्छ। सरकारी सेवामा हुनुहुन्छ भने पदोन्नतिको प्रबल सम्भावना छ।
वृश्चिक: सञ्चित धन अनावश्यक रूपमा खर्च हुनसक्ने भएकाले नियन्त्रण आवश्यक छ। नयाँ काम सुरु गर्नुअघि परिवारसँग सल्लाह लिनु हितकर हुनेछ। पश्चिम दिशाको लामो यात्रा टाढा राख्नुहोला। राज्यपक्षबाट भने सेवा र अवसर प्राप्त हुनेछ।
धनु: स्वास्थ्यले साथ दिनाले मनमा उत्साह र शान्ति मिल्नेछ। शिक्षा तथा अध्ययनका प्रयासहरू सफल हुनेछन्। पठनपाठनमा जाँगर र रुचि बढ्नेछ। प्रतिस्पर्धी वा विपक्षीहरू निष्क्रिय रहने भएकाले रोकिएका कामहरू सहजै सम्पादन हुनेछन्।
मकर: वैदेशिक क्षेत्रप्रतिको आकर्षण बढ्नेछ। वैदेशिक रोजगारी वा अध्ययनको क्षेत्रमा गरिएको लगानीले राम्रो प्रगति दिलाउनेछ। दिन रमाइलो रहनेछ भने परिवारका सदस्यहरूसँग खुसी साटासाट गर्ने अवसर मिल्नेछ।
कुम्भ: बौद्धिक तथा प्रभावशाली व्यक्तिहरूसँगको भेटघाटले मन प्रसन्न र शान्त बनाउनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रबाट शुभ समाचार सुन्न पाइनेछ। प्रेम सम्बन्धमा मधुरता आउनुका साथै मनमा नयाँ उत्साह जाग्नेछ।
मीन: ससाना कुराले पनि मन अशान्त वा भारी हुन सक्छ। एक्लै निर्णय लिनुभन्दा साथीभाइ वा अग्रजको सल्लाहमा काम गर्नु फलदायी हुनेछ। साढेसातीको प्रभावका कारण तपाईंका भनाइ वा काममा नजिकका साथीहरूले नै टिप्पणी गर्न सक्ने भएकाले संयम रहनुहोला।