काठमाडौं। नेपाली कांग्रेसभित्र नयाँ पुस्ता र युवा नेतृत्वप्रति आकर्षण बढ्दो क्रममा देखिएको छ। पार्टी संगठनलाई थप सुदृढ, गतिशील र समयसापेक्ष बनाउन युवाहरूको सक्रिय सहभागिता बढिरहेका बेला काठमाडौँ क्षेत्र नं. ४ बाट बागमती प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) मा निलहरी कोइरालाले उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि नभई क्षेत्रीय प्रतिनिधिहरूको भावना, आवाज र अपेक्षालाई प्रदेश तथा केन्द्रीय तहसम्म सशक्त रूपमा पुर्याउने जिम्मेवारी भएको कोइरालाले बताएका छन्। युवा नेतृत्वको उपस्थितिबाटै पार्टीमा नयाँ ऊर्जा र स्पष्ट दृष्टिकोण थपिने विश्वास लिइएको छ।
क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले यो पद मात्र नभएर सबैको विश्वास र आशालाई पार्टी संगठनसम्म पुर्याउने मुख्य दायित्व भएको र आफूले अमूल्य मतको सदैव सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नं. ४ बाट बागमती प्रदेश प्रतिनिधि पदका उम्मेदवार निलहरी कोइरालाको बढ्दो सक्रियताले पार्टीभित्र युवा पुस्ताको उपस्थितिलाई अझ सशक्त बनाएको छ। युवाहरूको यस्तै सक्रिय सहभागिताले नेपाली कांग्रेसलाई आम कार्यकर्ता र नागरिकको माझ अझ बढी लोकप्रिय र भरोसायोग्य बनाउने अपेक्षा गरिएको छ।