संसद् अधिवेशन सकिएपछि चुनावी क्षेत्र पुग्न नेकपाको निर्देशन, राहत र उद्धारमा खटिन आह्वान

संसद् अधिवेशन सकिएपछि चुनावी क्षेत्र पुग्न नेकपाको निर्देशन, राहत र उद्धारमा खटिन आह्वान

काठमाडौं।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठकले मुलुकमा निम्तिएको प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणका कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारस्थित संघीय संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको उक्त बैठकमा संसद्को हालसम्मको प्रभावकारिता, जनसरोकारका मुद्दामा पार्टीको भूमिका तथा ऐन-कानून निर्माणमा संसदीय समितिहरूले खेलेको योगदानबारे समीक्षा गरिएको थियो।

त्यसैगरी, आगामी दिनमा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइएका तथा उठाउनुपर्ने विषयहरूलाई अझ सशक्त र प्रभावकारी बनाउनेबारे गहन छलफल भएको छ।

बैठकले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्दै संसद्को अधिवेशन अन्त्य भएसँगै सांसदहरूलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाट र जनसम्पर्क अभियानमा सक्रिय हुन निर्देशनसमेत दिएको छ।

छुटाउनुभयो कि ?