प्रचण्डलाई ज्ञानेन्द्र शाहीको काउन्टर : तत्कालीन सरकारसँग मिलेर वीरेन्द्रको वंशनाश कसले गर्‍यो ?

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको काउन्टर : तत्कालीन सरकारसँग मिलेर वीरेन्द्रको वंशनाश कसले गर्‍यो ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संगीन आरोप लगाउँदै जवाफ फर्काएका छन्।

शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश हत्यारा, सुन तस्कर र मूर्ति चोरको संज्ञा दिएपछि शाहीले प्रचण्डमाथि उल्टै राजा वीरेन्द्रको हत्याकाे आरोप लगाएका थिए।

त्यसको काउन्टर जवाफ दिँदै प्रमुख सचेतक शाहीले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘प्रचण्डजी २०५२सालमा राजा वीरेन्द्रविरुद्धमा हतियार कसले उठायो, तपाईंले उठाउनु भयो? षड्यन्त्र गरेर दरबार हत्याकाण्ड गर्दा सबैभन्दा बढी फाइदा कसलाई भयो, तपाईं लाई भयो’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो, तपाईंले प्राप्त गर्नु भयो ? राजसंस्थालाई फाल्नुपर्छ भनेर विदेशबाट एम१६, एके४७, एलएमजी,एसएमजी, एसएलआर जस्ता आधुनिक हतियार कसले दियो र तपाईंले लिनुभयो?’,

अध्यक्ष प्रचण्डलाई शाहीले भट्किला झुठा भाषण गर्दै नहिड्न पनि चेतावनी दिँदै भनेका छन्, 'यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।'