चोलेन्द्र शम्शेर जबराको गिरफ्तारी अराजक र गैरकानुनी: डा. शशांक कोइराला

चोलेन्द्र शम्शेर जबराको गिरफ्तारी अराजक र गैरकानुनी: डा. शशांक कोइराला

काठमाडौं। नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई विना कारण मध्यरातमा पक्राउ गरिनु गैरजिम्मेवारपूर्ण भएको बताएका छन्। डा. कोइरालाले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्।

उनले पूर्वप्रधानन्यायाधीश जबरालाई कुनै स्पष्ट कारणविना, हचुवाका भरमा, अराजक र गैरकानुनी ढङ्गले गरिएको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्।

विज्ञप्तिमा डा. कोइरालाले भनेका छन्, "पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा रहेका व्यक्तिलाई बिना आधार र प्रमाण गरिएको धरपकड कार्यको नेपाली कांग्रेस घोर भत्सर्ना गर्दछ।"

छुटाउनुभयो कि ?