बाढी-पहिरोको क्षतिप्रति रास्वपाद्वारा दुःख व्यक्त, राहत र पुनस्थापना युद्धस्तरमा अघि बढाउन सरकारसँग माग

बाढी-पहिरोको क्षतिप्रति रास्वपाद्वारा दुःख व्यक्त, राहत र पुनस्थापना युद्धस्तरमा अघि बढाउन सरकारसँग माग

काठमाडौं।  अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले पुर्‍याएको अकल्पनीय जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गरेको छ।

रास्वपाले विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) बाट अहोरात्र खटिएर भइरहेको उद्धार कार्यप्रति आभार प्रकट गर्दै रास्वपाले मौसमको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिमयुक्त स्थानमा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न अपिल गरेको छ।

छुटाउनुभयो कि ?