कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहका लागि प्रमुख दलका शीर्ष नेतालाई निम्तो दिइएको छ।

कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको नेतृत्वमा कांग्रेसको टोलीले शीर्ष नेतालाई निम्तो दिएको हो। उद्घाटन समारोहमा सहभागिताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिएको राणाले जनाएका छन्। 

कांग्रेसको १५औं महाधिवेशन असोज १६ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन हुँदै छ। त्यसका लागि सबै राजनीतिक दलका नेतालाई निम्तो दिएको उनले जानकारी दिए। यससँगै सहमहामन्त्री राणाले उद्घाटन समारोहमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्। ‘यहाँहरूको गरिमामय उपस्थितिले यस लोकतान्त्रिक उत्सवलाई थप अर्थपूर्ण बनाउँदै राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु,’ उनले भनेका छन्। 

विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले असाज १६ गते महाधिवेशन उद्घाटन गर्न लागेको हो। पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने महाधिवेशनको छुट्टै कार्यक्रम अघि बढाएको छ।

छुटाउनुभयो कि ?