कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमालेले आफ्ना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक गुलावजंग शाहले बताए । प्रदेश सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।