पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा (एमाले)को वरिष्ठ नेता बनाउन लागिएको छ। 

अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिवालय बैठकमा यसबारे जानकारी दिएका छन्। अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव गर्न लागेको सचिवालयमा जानकारी गराएको एक नेताले बताए। 

‘पूर्वराष्ट्रपतिज्यूलाई वरिष्ठ नेतामा प्रस्ताव गर्ने सचिवालय बैठकमा जानकारी दिनुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने।  केहीबेरमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ। त्यसमा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाउन प्रस्ताव राख्ने भएका हुन्। 

छुटाउनुभयो कि ?