संसद् पुर्नस्थापना भएर छिट्टै विपक्षी गठबन्धनको सरकार बन्छः प्रचण्ड

संसद् पुर्नस्थापना भएर छिट्टै विपक्षी गठबन्धनको सरकार बन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् । 

आज तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार संसद् विघटन नभएकाले पुुर्नस्थापना हुने बताए । उनले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको बताए । 

दोस्रो पटक पनि संसद् विघटन गरेका प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी दलहरु एकजुट भएको र संसद् पुर्नस्थापना भएपछि विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रचण्डको जिकिर थियो ।