काठमाडौं । जारी लकडाउनको स्वरुपलाई अहिलेकै अवस्थामा साउन ७ गतेसम्म लम्ब्याउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले आंशिक रुपमा खुकुलो बनाइएको लकडाउनको मोडालिटी तत्काल यथास्थितिमा नै सञ्चालन गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय हवाइ उडान पनि साउन ७ गतेसम्म नै बन्द रहनेछन् । अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द रहनेछन् । सार्वजनिक यातायात, स्कुल, कलेज सबै साउन ७ गतेसम्म बन्द हुनेछन् ।
भौतिक दूरीको पालना र स्वास्थ्य सतर्कतालाई पालना गराउने निर्णय पनि सरकारले गरेको छ । जिल्लाहरुले अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्नेछन् ।
यसअघि सरकारले मोडालिटी परिवर्तन गर्दै निजी सवारी जोर बिजोरमा चल्न दिने निर्णय गरेको थियो । तीन साताका लागि मोडालिटी फेरेको थियो । यस्तै, मोटरसाइलक, साइकल सञ्चालन गर्न दिने, पैदल यात्रा खुला गर्ने पनि निर्णय गरेको थियो । सीमित बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनको अनुमति पनि सरकारले दिएको थियो ।