लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले लागूऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय बिक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ र राक्सीराङ गाउँपालिका–३ का ३३ वर्षीय ललितबहादुर स्याङ्ताङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका–११ का ३२ वर्षीय रत्न तामाङलाई पक्राउ गरिएको व्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए ।

अभियुक्तहरूबाट नगद पाँच लाख ६० हजार चार सय रुपैयाँ, मोटरसाइकल एक थान र ६ थान मोबाइल पनि बरामद भएको छ ।

छुटाउनुभयो कि ?