नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अझै अवरुद्ध, जोखिमका कारण सवारी सञ्चालनमा रोक

नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अझै अवरुद्ध, जोखिमका कारण सवारी सञ्चालनमा रोक

चितवन। लगातारको वर्षापछि खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। बिहीबार साँझ ८:०० बजेदेखि अवरुद्ध भएका यी सडकका विभिन्न स्थानमा निरन्तर लेदो र ढुङ्गासहितको पहिरो खसिरहेकाले सडक सफा गरेर खुलाउन कठिनाइ भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिरोका कारण अलपत्र परेका र रोकिएका सवारीसाधनलाई शुक्रबार दिउँसो सडक एकतर्फी खुलाएर गन्तव्यतर्फ पठाइएको थियो। पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई पार गराइए पनि पहिरो खस्ने क्रम नरोकिएकाले सडक सुचारु गर्न सकिएको छैन।

बिहीबारदेखि सडक ठप्प हुँदा ठूलो सङ्ख्यामा यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। थप जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उक्त सडकखण्डहरूमा सवारी सञ्चालनमा रोक लगाएको छ।

छुटाउनुभयो कि ?