शनिबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, डलर १५३ रुपैयाँ नाघ्यो

शनिबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, डलर १५३ रुपैयाँ नाघ्यो

काठमाडौं।नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको नयाँ विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको मूल्य अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा पुगेको छ।

यस्तै युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा रहेको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकिएको छ। एसियाली राष्ट्रहरूतर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तथा थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा तोकिएको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुक र दक्षिण कोरियाको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, कतारी रियालको खरिददर ४२ रुपैयाँ र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, हङकङ डलरको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनारको खरिददर ४०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा एवं ओमान रियालको खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा तोकिएको छ।

यसैगरी स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा कायम हुँदा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक पर्न सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

छुटाउनुभयो कि ?