आफैंलेे चलाएको कार दुर्घटना हुँदा पत्रकार पाण्डेको मृत्यु

आफैंलेे चलाएको कार दुर्घटना हुँदा पत्रकार पाण्डेको मृत्यु

काठमाडौं– आफैँले चलाएको कार दुर्घटना हुँदा न्युज २४ टेलिभिजनका पत्रकार कृष्णबाबु पाण्डेको निधन भएको छ ।

शनिबार बुटवलबाट आफ्नो निवास फर्कने क्रममा तिलोत्तमामा उनी सवार कार दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा १ ड्राइभर टोलमा बा ७ च ६९५९ नंको कार सडक किनारको फलामे बारमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि बुटवलको चौराहा अस्पताल लगिएको थियो । ३० वर्षीय पत्रकार पाण्डे पछिल्लो पाँच वर्ष देखि न्युज २४ टिभीमा कार्यरत थिए ।