सवारी दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु, एक घाइते

सवारी दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु, एक घाइते

परासी । सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर भने घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका शर्माको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन गाउँपालिकाको लु १ झ ३७० नम्बरको गाडीमा सदरमुकाम आइरहेका उनको सवारी अनियन्त्रित भएर दुर्घटना भएको हो ।

सवारी बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको हो । ५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।