आरडीटी पोजेटिभ आएका ५ वर्षीय बालकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

आरडीटी पोजेटिभ आएका ५ वर्षीय बालकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

वीरगंज । र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएका एक बालकको मृत्यु भएको छ । बारा, निजगढका ५ वर्षीय ती बालकको उपचारका क्रममा मृत्यु भएको हो । वीरगंजको वीरगंज हेल्थ केयर हस्पिटलमा शुक्रबार बालकको मृत्यु भएको हो।  

निमोनियाका कारण बालकलाई शुक्रबार बिहान उपचारका लागि भर्ना गरिएको थियो। स्वासप्रश्वासमा समस्या भएपछि बालकलाई अस्पताल भर्ना गरिएको थियो ।

उपचारका लागि भेन्टिलेटरमा राख्नुअघि बालकको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायण अस्पताल पठाइएको थियो।

पीसीआर रिपोर्ट आएको छैन। शव अस्पतालमै राखिएको छ।