काठमाडौं। लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार साँझ ललितपुरको सानेपा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भट्टलाई नेपाल राष्ट्र बैंक ऐन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका बिचौलिया इमान/इनाम सापकोटासँगको आर्थिक कारोबार, फोन सम्पर्क र अन्य कनेक्सनको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
हाल भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौं (भद्रकाली) को हिरासतमा राखिएको छ। घटनाका विषयमा आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।