उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन

उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने  नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शनिबार (असोज ३१) शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराएका छन् । उनले भनेका छन्, “राजनीतिमा नागरिकको सद्‌भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो ।”

चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्‌भाव र आत्मीयता भएको उनले बताएका छन् ।

महामन्त्री आचार्यले सुसंस्कृत राजनीतिक संस्कार निर्माणका निम्ति सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीमा  शुभकामना व्यक्त गरेका छन् ।