महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना पक्राउ

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना पक्राउ

काठमाडाैं। विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसहित ६ जना पक्राउ परेका छन्।

निवार्चन अधिकृतको कार्यकक्ष तोडफोड गर्ने क्रममा स्ववियु सभापति जशवन्त पौडेलसहित ६ जनालाई पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले बताए।

एसपी चिमोरियाका अनुसार स्ववियु सचिव सनिम ठकुरी, सदस्य प्रज्वल अधिकारी, रोशन पासवान, नवीन तिवारी र तिलक खड्का पनि पक्राउ परेका छन्।

शुक्रबार दिउँसो निर्वाचन अधिकृतको कार्यकक्षको ताला फुटाएर कुर्सी तोडफोड गर्न थालेपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ।