दुर्गा प्रसाईं र युवा संघको प्रदर्शनमा कति मानिस सहभागी भए ? यस्तो छ सुरक्षा निकायको आकलन

दुर्गा प्रसाईं र युवा संघको प्रदर्शनमा कति मानिस सहभागी भए ? यस्तो छ सुरक्षा निकायको आकलन

काठमाडौं । काठमाडौंमा दुई फरक समूहले गरेका कार्यक्रममा १६ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी भएको सुरक्षा निकायले आंकलन गरेको छ । सुरक्षा निकाय स्रोतका अनुसार बल्खुमा आयोजित दुर्गा प्रसाईको कार्यक्रममा ९ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी थिए ।

यस्तै महेश बस्नेतको कार्यक्रममा ७ हजारभन्दा बढी सहभागी भएको एक उच्च प्रहरी अधिकृतले बताए । कार्यक्रमको सुरक्षा व्यवस्थापनका लागि जिल्लास्तर र काठमाडौं उपत्यकास्तरमा संयुक्त कमान्ड सेन्टर बनाइएको थियो ।

बल्खुमा प्रसाई समूहका प्रदर्शनकारी कालिमाटी प्रवेश गर्न खोजेपछि प्रहरीले १४६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यसक्रममा ५ राउन्ड रबरका गोली पनि प्रहार भएको बुझिएको छ । झडपका क्रममा प्रदर्शनकारीतर्फ ६ जना र प्रहरीतर्फ २ जना घाइते भएका छन् । उनिहरुको अवस्था सामान्य रहेको बुझिएको छ ।