डाकटरमाथि कुटपीट गर्ने दुई जनाविरुद्ध किटानी जाहेरी

डाकटरमाथि कुटपीट गर्ने दुई जनाविरुद्ध किटानी जाहेरी

काठमाडौं । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकलाई कुट्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी परेको छ । गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण भएको थियो ।

उनीहरुमाथि कुटपिटको विषयमा मृतककै परिवारका सदस्यद्वय अनुप प्रधान र रोहित प्रधानविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालयमा प्रवक्तासमेत रहेका डीएसपी लक्ष्मी भण्डारीले दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए । 

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । उनले कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् ।