कांग्रेसको १६ जिल्लामा अधिवेशन रोकियो

कांग्रेसको १६ जिल्लामा अधिवेशन रोकियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन जारी छ । अहिलेसम्म अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन भने रोकिएको छ । 

बिहीबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन हुन बाँकी रहेको जिल्लाहरुमा  जिल्ला कार्यसमितिको निर्वाचनलगायत अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

 सदस्यता विवादलगायत अन्य  विविध कारणले  १६ जिल्लामा अधिवेशन हुन बाँकी छ । पार्टीको महाधिवेशनपछि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । 

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन गर्दैछ ।