सर्पले डसाएर श्रीमतीको हत्या गर्ने एक भारतीयलाई दोहोरो आजीवन कारावासको सजाय

सर्पले डसाएर श्रीमतीको हत्या गर्ने एक भारतीयलाई दोहोरो आजीवन कारावासको सजाय

एजेन्सी । दोहोरो आजीवन कारावास दुर्लभ मानिन्छ । तर एक भारतीयले भने आफ्नै पत्नीलाई गोमन सर्पले डसाएर हत्या गरेको अभियोगमा त्यहाँको अदालते दोहोरो आजीवन कारावासको सजाय सुनाएको छ । 

घटना भारतको दक्षिणी राज्य केरलको हो । गत वर्ष मे महिनामा २५ वर्षीया उथरा मृत अवस्थामा घरमा भेटिएकी थिइन् । माइती पक्षले भने पति सुरज कुमारले हत्या गरेको हुनसक्ने भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

भारतको कानुनसम्बन्धी समाचार दिने वेबपेज 'लाइभल'का अनुसार सुरजले कसरी षडयन्त्र रचे र कसरी पत्नीको हत्या गरे भन्ने विषयमा १ हजार पेजमा आरोप पत्रमा विस्तृत रुपमा चर्चा गरिएको जनाएको छ । 

सुरजले पहिलो पटक उथराको कोठामा सर्प छाडिदिएका थिए । त्यतिबेला सर्पले टोकेर पनि उथरा बाँचन सफल भएकी थिइन् । दोस्रो पटक पनि उनको कोठामा सर्प छोडिदिएर उनको हत्या गरेको उक्त वेवसाइडमा उल्लेख छ । 

श्रीमतीकै हत्या अभियोगमा प्रहरीले सुरजलाई पक्राउ गरेको थियो । दाइजोका लागि श्रीमतीलाई यातना दिँदै आएका सुरजले अन्ततः हत्या गरेको वेवसाइडमा उल्लेख छ । प्रहरीले सर्प खरिद गर्न सुरजलाई सहयोग गर्न व्यक्तिलाई समेत पक्राउ गरेको थियो । सोही व्यक्तकै बयानका आधारमा प्रहरीले सुरजलाई पक्राउ परेका हुन् । 

अभियोजनकर्ताले सो घटनालाई अति दुर्लभ भन्दै मृत्युदण्डको माग गरेका थिए । न्यायाधीशले पनि सो घटनालाई दुर्लभ भएको स्वीकार गर्दै दोहोरो आजीवन कारावासको सजाय र पाँच लाख रुपैयाँ जरिवानको फैसला गरेको हो ।