काठमाडौँमा प्रहरीको स्विप अपरेसन, एकैरात २५० जना पक्राउ

काठमाडौँमा प्रहरीको स्विप अपरेसन, एकैरात २५० जना पक्राउ

काठमाडौँ । काठमाडौँमा प्रहरीले अपराध रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्विप अपरेसन चलाएको छ। 

बिहीबारबाट शुक्रबार बिहान ६ बजेसम्म गरिएको अपरेसनबाट २५० जना विभिन्न कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताए। पक्राउ पर्नेमा २२७ पुरुष र २३ महिला रहेका छन्। 

यसमा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान नगरी फरार रहेका १३ जना पक्राउ परेका छन्। यस्तै गत वर्ष जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका एक जना र चालु मुद्दाका फरार प्रतिवादी तीन जना पनि पक्राउ परेका छन्। 

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल, यातायातका सवारी साधनमा सेवाग्राही तथा आम सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुव्र्यवहार, चोरी, लुटपाट, बिचौलिया, गुण्डागर्दी जस्ता आपराधिक कार्यमा संलग्न पक्राउ गरेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?