काेराेना अपडेटः ७ सय ६४ जना नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु

काेराेना अपडेटः ७ सय ६४ जना नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । 

९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र  १ हजार २२२ एन्टिजेन परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९९७ पुगेको छ ।

त्यस्तै सोही अवधिमा १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

हालसम्म देशभर ४२ लाख ७३ हजार ५३३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४१ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १५ हजार ६१४ छ ।