युरोकपमा आज दुई खेल हुँदै, नेदरल्याण्ड्सले चेक रिपब्लिक र बेल्जियमले पोर्चुगलको सामना गर्ने

युरोकपमा आज दुई खेल हुँदै, नेदरल्याण्ड्सले चेक रिपब्लिक र बेल्जियमले पोर्चुगलको सामना गर्ने

काठमाडौं । यूईएफए युरो कपमा आज राति अन्तिम १६ का दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'सी' को विजेता नेदरल्याण्ड्स र समूह 'डी' तेस्रो स्थानमा रहँदै तेस्रो भएका टिम मध्ये उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा प्रवेश गरेको चेक रिपब्लिक प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणको खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथि ३-२, अस्ट्रियामाथि २-० र नर्थ म्यासाडोनियामाथि ३-० अन्तरको जित निकाल्दै ९ अंक जोडेर अन्तिम १६ मा प्रवेश गरेरको हो।

त्यस्तै समूह 'डी'मा इङ्ग्ल्याण्डसँग १-० ले पराजित भएको चेक रिपब्लिकले क्रोएसियासँग १-१ को बराबरी खेलेको थियो स्कटल्याण्डलाई २-० ले हराउँदै ४ अंक जोडेको थियो। समान ४ अंक जोडेको क्रोएसिया गोलअन्तरको आधारमा अन्तिम १६ मा प्रवेश गर्दा चेक रिपब्लिक तेस्रो स्थानमा रहेको थियो। नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा पोर्चुगल र बेल्जियम खेल्नेछन्। युरो कपको साबिक विजेता पोर्चुगल र फिफाको विश्व वरीयतामा शीर्षस्थानमा रहेको बेल्जियम दुबै प्रबल उपाधि दाबेदर हुन्। यद्यपि यी दुई टोलीमध्ये आज राति पौने १ बजे हुने खेलबाट एक टोलीले मात्र क्वाटरफाइनलको यात्रा तय गर्नेछ। 

समूह 'बी'को खेलमा बेल्जियमले रसियामाथि ३-० को फराकिलो जित निकाल्दै सुखद सुरुवात गरेको थियो। दोस्रो खेलमा डेनमार्कलाई २-१ गोलअन्तरले हराएको बेल्जियमले तेस्रो खेलमा फिनल्याण्डलाई ३-० ले हराउँदै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको थियो।

त्यस्तै 'ग्रुप अफ डेथ' मानिएको समूह 'एफ'मा पोर्चुगलले हंगेरीविरुद्ध ३-० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। त्यस्तै दोस्रो खेलमा जर्मनीसँग ४-२ ले पराजित हुँदा समूहको अन्तिम खेलमा फ्रान्ससँग २-२ को बराबरी खेलेको थियो। ४ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको पोर्चुगल तेस्रो स्थानमा रहेका टिममध्ये उत्कृष्ट ४ मा स्थान बनाउँदै अन्तिम १६ मा स्थानमा बनाएको हो।