प्रचण्डको कोटामा अस्ट्रेलियाको राजदूत बनेका दाहाललाई सरकारले फिर्ता बोलायो

प्रचण्डको कोटामा अस्ट्रेलियाको राजदूत बनेका दाहाललाई सरकारले फिर्ता बोलायो

काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गएको छ।

एक मन्त्रीका अनुसार सोमबारको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले २०७६ को अशोजमा उनलाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो।

दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्। नेकपा एकता सर्वोच्च अदालतको आदेशबाट भंग भएपछि माओवादी कोटामा राजदूत बनेकाहरुलाई सरकारले फिर्ता बोलाउन थालेको हो।