आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित दर्ता, दिल्ली तीन विकेटले पराजित

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित दर्ता, दिल्ली तीन विकेटले पराजित

मुम्बई । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको हो ।

मुम्बईको वाङ्खडे मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरको खेलमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थान रोयल्सले तीन विकेटको खेल बाँकी छँदै १४८ रनको लक्ष्य पूरा गर्दै १५० रन बनाएको हो हो ।

राजस्थानका लागि सबैभन्दा धेरै डेभिड मिलरले ६२ रनको योगदान गरेका थिए । पहिलो खेलमा राजस्थान पञ्जाब किग्ङ्ससँग चार रनले पराजित भएको थियो ।