मन्त्री प्रभु साहमाथि संसदमा उठ्यो यस्तो प्रश्न

मन्त्री प्रभु साहमाथि संसदमा उठ्यो यस्तो प्रश्न

काठमाडौं । प्रतिनिधि सभाको शून्य समयमा सांसद दिलकुमारी साहले  सहरी विकास मन्त्री प्रभु साहलाई भ्रष्टाचारी, डनको नम्बर वानको संज्ञा दिएकी छन् ।

उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आफूले मन्त्री साहबारे भ्रष्टाचारी, डन नम्बर वान भनेको समाचारमा सुनेको बताएकी हुन् । मन्त्री साहको नाम तिवारीको हत्याकाण्डमा मुछिएको थियो । त्यसैतर्फ संकेत गर्दै सांसद दिलकुमारीले यस्तो टिप्पणी गरेकी हुन् ।  

काँशी तिवारीको हत्या पछि उनकी पत्नीलाई  ८ लाख दिएर मुख बन्द गर्न खोजेकोबारे पनि समाचारमा सुनेको उनले बताइन् ।