राष्ट्रिय सभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सर्वसम्मत पारित

काठमाडौं।  कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीद्वारा प्रस्तुत ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

सङ्क्रामक पशु तथा माछाजन्य रोगको प्रभावकारी रोकथाम, नियन्त्रण, निवारण र उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्यका साथै वातावरणीय स्वास्थ्यको संरक्षण गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो।

यस नयाँ कानुनी व्यवस्थाले सङ्क्रामक पशु रोगका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न, रोग नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तर-सरकार समन्वय कायम गर्न तथा पशु एवं पशुजन्य पदार्थको सुरक्षित व्यापार प्रवर्द्धनका लागि ठोस कानुनी आधार तयार गर्नेछ।

छुटाउनुभयो कि ?