प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत पारित

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त विधेयक पारित गर्ने प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे गहन छलफल भएको जानकारी दिइन्। उनका अनुसार बालबालिकाको अधिकारलाई सर्वोपरी राख्दै दूरदराज तथा विकट क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिने गरी विशेष प्रावधानहरू समेटेर विधेयक अघि बढाइएको हो।

तालिममा सहभागी हुन चाहने विद्यार्थीका लागि निश्चित मापदण्डहरू निर्धारण गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो। यसअघि विधेयकमाथिको दफावार छलफलमा विभिन्न सांसदहरूले भाग लिँदै आफ्ना सुझाव र धारणा राखेका थिए।

छुटाउनुभयो कि ?