आईजीपीविरुद्ध खनिँदै ओलीले भने- ६ महिने जागिरेले ओली, देउवा र प्रचण्डलाई थुन्दिने रे !

आईजीपीविरुद्ध खनिँदै ओलीले भने- ६ महिने जागिरेले ओली, देउवा र प्रचण्डलाई थुन्दिने रे !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीविरुद्ध खनिएका छन्। पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आईजीपी केसीको अभिव्यक्तिलाई लिएर आक्रोश व्यक्त गरेका हुन्। 

आफूसहित कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई थुन्दिन्छु भनेकोप्रति ओलीले रोष प्रकट गरेका हुन्। उनले चेतावनी दिँदै आफूहरू मजाकको पात्र नभएको बताए। 

‘आईजीपी होसमा कि बेहोशमा बोलेका? केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई थुन्दिन्छु अरे! हामी मजाकका पात्र हौँ ?’, उनले भने, ‘हामी राणाशासन, प्रचायत र निरंकुश राजतन्त्रििवरुद्ध लडेर आएका हौँ। अनि ६ महिने जागिरेले भन्छ थुन्दिन्छु!’

एमाले यस्ता हावादारी कुराहरूबाट नहल्लिने उनले बताए।