देश आतंकको छायामुनि चलिरहेको छ : ओली

देश आतंकको छायामुनि चलिरहेको छ : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायामुनि चलिरहेको टिप्पणी गरेका छन् । 

बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए । “अहिले देश आतंकको छायामुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक गैरकानुनी क्रियाकलापको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ,” उनले भने । 

उनले फासीवादतर्फ, दमनकारी प्रतिशोधी व्यवहार अघि बढिरहेको बताए । आर्थिक हिसाबले देश अधोगतिमा गइरहेको उनको भनाइ छ । सामाजिक मूल्यमान्यता खस्किरहेको टिप्पणी गरे ।