एमाले  स्थायी कमिटी बैठकले गर्याे यस्ताे निर्णय

एमाले  स्थायी कमिटी बैठकले गर्याे यस्ताे निर्णय

काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरू हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको र भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा केन्द्रित गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भेलामा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्ने र वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने उनको भनाइ छ ।

बैठकले मंसिर ५ गतेलाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर ४ गतेलाई सार्ने निर्णय गरेको छ ।

बुधबारबाट सुरू हुने राष्ट्रिय भेलामा ३४ सय १४ जना सहभागी हुने एमालेले जनाएको छ ।