सुमना श्रेष्ठले गरिन् काठमाडौंको मेयरमा लड्ने घोषणा

सुमना श्रेष्ठले गरिन् काठमाडौंको मेयरमा लड्ने घोषणा

काठमाडौँ। पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेकी हुन् । श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

सुमना हालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वनेत्री हुन् । सो पार्टीको सरकारमा उनले शिक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । अहिले कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भनेर उनले खुलाएकी छैनन् ।