देउवा चुनावपछि मात्र प्रधानमन्त्री बन्नुहुन्छ : शशांक कोइराला

देउवा चुनावपछि मात्र प्रधानमन्त्री बन्नुहुन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफ्नो पार्टीले अबको सरकारको नेतृत्व गर्ने विषयमा सोच्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको पद हेरेर काँग्रेस हाम्फाल्न नहुनेसमेत सुझाव दिए।

'शेरबहादुरजीको के सोच होला। तर काँग्रेस प्रधानमन्त्री पद हेरेर हामफाल्नु हुँदैन,' एपी वान टेलिभिजनमा प्रसारित द ब्राभो डेल्टा शोमा कुराकानीका क्रममा कोइरालाले भने, 'आफै प्रधानमन्त्रीका लागि जानुहुँदैन।'

प्रक्रियामा गएपछि काँग्रेसले मतदान गर्ने कुरा बेग्लै विषय भए पनि प्रधानमन्त्रीकै लागि जानु राम्रो नहुने उनको मत थियो। कोइरालाले सभापति शेरबहादुर देउवालाई चुनावपछिको प्रधानमन्त्री नै सही हुने बताए।

'माइनोरिटीको सरकार चलाउन के जानु ? २ वर्षको लागि मलाई लाग्छ शेरबहादुरजी जानुहुन्न होला। पद लिनुहुन्न होला,' महामन्त्री कोइरालाले भने, 'बहुमत ल्याएर पाँच वर्ष शासन गरेको राम्रो हो नि।'

छुटाउनुभयो कि ?