नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपामा बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपामा बस्दै

काठमाडौं।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बोलाइएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक एजेन्डामाथि छलफल हुने जनाइएको छ।

छुटाउनुभयो कि ?