जेनजी सांसदहरूसँग प्रधानमन्त्री बालेनको छलफल: 'स्वदेशमै रोजगारी सिर्जना गरी उदाहरण बन्नूस्'

जेनजी सांसदहरूसँग प्रधानमन्त्री बालेनको छलफल: 'स्वदेशमै रोजगारी सिर्जना गरी उदाहरण बन्नूस्'

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेनजी (Gen Z) उमेर समूहका सांसदहरूसँग छलफल गर्दै नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफैं उदाहरण बनेर काम गर्न प्रेरणा दिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, उनले जनजीविकाका आधारभूत समस्या समाधानका साथै त्योभन्दा अघि बढेर आफ्ना पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे। यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न उनले सुझाव दिए।

साथै, राजनीतिलाई मात्र पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गरेर दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत प्रधानमन्त्री शाहले आग्रह गरे।

अन्तर्क्रियामा सहभागी सांसदहरूले प्रधानमन्त्रीको उक्त आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा ग्रहण गर्दै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा प्रतिबद्ध भएर लाग्ने प्रण व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?