सरकारले कोरोना परीक्षण र उपचारका लागि शुल्क लिन नपाउने

सरकारले कोरोना परीक्षण र उपचारका लागि शुल्क लिन नपाउने

काठमाडौं । सर्वोच्च अदालतले निःशुल्क कोरोना परीक्षण र उपचार गर्न दिएको आदेश उपर स्वास्थ्य मन्त्रालयले दिएको पुनरावलोकन निवेदन हेर्न अस्वीकार गरेको छ ।मन्त्रालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले हालेको पुनरावलोकन निवेदनमा बिहीबार सर्वोच्चले निस्सा नदिने निर्णय गरेको हो । 

न्यायाधीश सपना प्रधान मल्ल, हरिकृष्ण कार्की र पुरुषोत्तम भन्डारीको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । यसअघि ‘निःशूल्क कोरोना परीक्षण र उपचार गर्नू’ भनी सर्वोच्चले दिएको आदेशमाथि स्वास्थ्य मन्त्रालयले पुनरावलोकन निवेदन दिएको थियो । 

अब सरकारले कोरोना परीक्षण र उपचारका लागि शुल्क लिन पाउने छैन ।