चार दिनमा बाढी-पहिरोबाट १५ जनाको मृत्यु, १२ सयभन्दा बढीको उद्धार

चार दिनमा बाढी-पहिरोबाट १५ जनाको मृत्यु, १२ सयभन्दा बढीको उद्धार

काठमाडौं। देशका विभिन्न स्थानमा लगातारको बाढी, पहिरोलगायत विपद्का कारण पछिल्लो चार दिनमा १५ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जना गरी कुल १५ जनाले ज्यान गुमाएका हुन्।

विपद्का घटनामा परी चार जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्लेले बताए।

बाढी, पहिरो तथा डुबानमा परेका १ हजार २८४ जनाको सफल उद्धार गरिएको छ। अन्य सुरक्षा निकाय र स्थानीय समुदायको समन्वयमा जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने कार्य निरन्तर भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

छुटाउनुभयो कि ?