मनाङमा लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा साइरन बजाइयो

मनाङमा लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा साइरन बजाइयो

काठमाडौं। हिमाली जिल्ला मनाङमा लेदोसहितको बाढी आएर मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार चामेनजिकै घट्टे खोलाबाट खसेको लेदोसहितको बाढीले मर्स्याङ्दी नदीको बहाव ठप्प पारेको हो।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले घट्टे खोलाबाट लेदो आएर नदी रोकिएको जानकारी दिए। "घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको छ," उनले भने, "नदी थुनिएपछि जलस्तर र बहाव बढिरहेकाले आसपासका क्षेत्रमा जोखिम उच्च बनेको छ।"

नदी थुनिएर जोखिम बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउन अहिले मर्स्याङ्दी नदी आसपासका क्षेत्रमा साइरन बजाइएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?