बझाङ अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

बझाङ अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

कञ्चनपुर । बझाङको बुंगलमा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। सोमबार बिहान बुंगल गाउँपालिका-१० टुमेडाबाट बुंगल-११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ७९९८ नम्बरको अटो दुर्घटना भएको थियो। ब्रेक फेल भएर सडकबाट करिब नौ सय मिटर तल खसेको थियो। 

चालकसहित ६ जना सवार अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। दुई जना सम्पर्कविहीन भएका थिए। घटनास्थलमा खोजीका क्रममा थप एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ। बुगल नगरपालिका–१० बस्ने चार वर्षीया रियास महराको शव फेला परेको प्रहरीले जनाएको छ। 

यसअघि बुंगल नगरपालिका-१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको शव भेटिएको थियो। अटोमा सवार १३ वर्षीय बिक्रम महरा सकुशल रहेको र घरतर्फ गएको खबर आएको प्रहरीले जनाएको छ। अटो चालक बुंगल नगरपालिका-११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीे नियन्त्रणमा लिएको छ।