स्वास्थ्यमा सुधार आएपछि झलनाथ खनाल डिस्चार्ज भए

स्वास्थ्यमा सुधार आएपछि झलनाथ खनाल डिस्चार्ज भए

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए । 

अहिले स्वास्थ्य अवस्थामा सुधार भएपछि नेता खनाल आज डिस्चार्ज भएका छन् । खनाल बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए ।