स्याङ्जा र पाल्पामा पहिरो : ६ घर पुरियो, २ को मृत्यु, १४ जना बेपत्ता

स्याङ्जा र पाल्पामा पहिरो : ६ घर पुरियो, २ को मृत्यु, १४ जना बेपत्ता

फाइल तस्वीर

काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण देशका विभिन्न स्थानमा धनजनको ठूलो क्षति भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका– ७ तमिलडाँडामा पहिरोले २ घर पुरेको छ ।

उक्त पहिरोमा परी १६ वर्षीय विष्णुबहादुर दमाइको मृत्यु भएको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको पनि पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष चक्रपाणि पाण्डेले बताए ।

पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो ।

स्याङ्जाकै वालिङ नगरपालिका–१४ समाधि भन्ने ठाउँमा माया नेपालीको घर पहिरोले पुगेको छ ।

एक जनालाई जिवितै उद्धार गरेर वालिङ अस्पतालमा उपचारका लागि पठाइएको छ भने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उक्त पहिरोमा ८ जना बेपत्ता छन् ।

उता पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले ३ घर पुर्दा गर्भवती महिलासहित ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।